शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणलाई रणनीतिक महत्त्वका ठूला आयोजना निर्माणमा सहभागी गराइने

प्राधिकरणलाई रणनीतिक महत्त्वका ठूला आयोजना निर्माणमा सहभागी गराइने

१८ घन्टे लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको भन्दै प्रधानमन्त्री प्रचण्डले गरे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गुणगान।
 |  शुक्रबार, भदौ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा केही रणनीतिक महत्त्वका ठूला आयोजना अगाडि बढाउन सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

आज विद्युत् प्राधिकरणको ३८औं वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले ठूला र बहुउद्देश्यीय प्रकृतिका आयोजना अगाडि बढाउने सरकारको सोचमा प्राधिकरण सहयोगी हुने बताएका हुन्।

उनले भने, ‘आगामी दिनमा १ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त परियोजना तथा १० हजार ८ सय मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानीजस्ता ठूला जलविद्युत् आयोजना निर्माण अघि बढाउने सोचका साथ सरकार अघि बढेको छ।’ 

प्रधानमन्त्री प्रचण्डले जलविद्युत् विकासका लागि योगदान दिँदै आएको  निजी क्षेत्रको उत्पादित विद्युत् समेत खरिद गरिरहेको प्राधिकरणले आफैं वा आफ्ना सहायक कम्पनीमार्फत आगामी दिनमा विद्युत् उत्पादन क्षेत्रमा अग्रणी भूमिका वहन गर्ने विश्वास व्यक्त गरे।

उनले विगत लोडसेडिङ स्मरण गर्दै भने, ‘मैले २०७३ साउनमा दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्खाको समय पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु। त्यतिबेला बिजुलीको पहुँच भएको ठाउँमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने गरेको थियो भने करिब ४० प्रतिशत जनता विद्युत् पहँुचबाहिरै थिए। तर अहिले अवस्था फेरिएको छ,’ प्रचण्डले भने।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि हाम्रो १८ घन्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको उनले दाबी गरे।
सरकारले नयाँ विद्युत् ऐन र अन्य आवश्यक नीति/निर्देशिका ल्याउनसमेत कुनै कसर बाँकी नराख्ने उनले बताए। नेपालले हरित हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइसकेको उनको भनाइ छ।

मासिक २० युनिटसम्म खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत् उपलब्ध गराउने निर्णयबाट गरिबीको रेखामुनि रहेका करिब २० लाख घरधुरीले निःशुल्क विद्युत् प्रयोग गरिरहेकामा प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरे।

सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग वृद्धि गर्न विद्युतीय सवारी साधन, विद्युतीय चुलो आदिको प्रयोगमा प्रोत्साहन गरेको जानकारी उनले दिए। आन्तरिक खपत गरी बढी भएको बिजुली भारतलगायत देशमा बिक्रीका लागि मार्गप्रशस्त भएको उनले बताए।

हाल करिब ४५० मेगावाट विद्युत् निर्यात भइरहेको छ। विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु¥याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको जानकारी प्रधानमन्त्री प्रचण्डले दिए।

उनले यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत् व्यापार सुरु हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको उनले बताए।

प्रकाशित: Aug 18, 2023| 13:27 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।