शनिबार, असार २७, २०८३

श्रमिकको तलब बढ्यो, कसको कति?

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

काठमाडौं- सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार साउन १ गतेबाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो।

बिहीबार राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ।

यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो। आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्तासहित १७ हजार पुगेको हो। त्यस्तै दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ।

यससँगै घण्टाको हिसाबले काममा लगाउँदा प्रतिघण्टा ८९ रुपैयाँ दिनुपर्ने व्यवस्था गरिएको छ। यससँगै आंशिक समय मात्र काम गर्ने कामदारको प्रतिघण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ।

सरकारले तोकेकोभन्दा कम पारिश्रमिकमा काम लगाउन नपाइने भएको छ। यससँगै श्रम सम्झौता, नियुक्तपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायतका सुविधा अनिवार्य रुपमा हुनुपर्नेछ।

त्यस्तै, स्थानीय सरकार तथा अन्य निकायले न्यूनतम पारिश्रमक निर्धारण गर्दा योभन्दा कम नहुने गरी निर्धारण गर्नुपर्ने सूचनामा उल्लेख छ।
 

प्रकाशित: Aug 17, 2023| 20:46 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्