मंगलबार, वैशाख २९, २०८३

गत आवमा ८२० किमि सडक कालोपत्रे, २२२ पुल निर्माण

विभिन्न अवरोध हुँदाहुँदै पनि सडक विभागलाई जिम्मा दिइएका कामको भौतिक प्रगति झन्डै ६९ प्रतिशत पुगेको विवरण।
 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

काठमाडौं– सरकारले गत आवमा देशभर ८२० किमि सडक कालोपत्रे र २२२ पुल निर्माण भएको विवरण सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सोही अवधिमा २४९ किमि सडक पुनः निर्माण भएको छ।

National life

गत वर्ष २४३ किमि नयाँ ट्रयाक खुलेको र ६२८ किमि खण्डस्मिथ भएको विभागले जनाएको छ। गत वर्ष ७६१ किमि सडक आवधिक मर्मतको लक्ष्य रहेकामा ५३८ किमि सम्पन्न भएको छ मन्त्रालयको विवरणमा उल्लेख छ। 

मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न अवरोध हुँदाहुँदै पनि सडक विभागको प्रगति झन्डै ६९ प्रतिशत पुगेको बताए। उनले भने, ‘चालू वर्ष समय कामको प्रगति अझै बढाइनेछ।’

अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए। अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुन सक्थ्यो, त्यति हुन नसकेको उनको भनाइ छ। उनले भने, ‘विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरे पनि त्योअनुसार हुन सकेको छैन।’ 

राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ। नागढुंगा–नौबिसे सडक खण्ड स्तरोन्नतिको काम जारी रहेको विभागले बताएको छ। सो सडक खण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभागले जनाएको छ। पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्वतयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ। तमोर करिडोरअन्तर्गत मूलघाट–सुभाङखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माण सुरु भएको छ।

ग्वार्काे ‘फ्लाईओभर’ निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाईओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताका लागि सहमति माग गरिएको छ। अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ मन्त्रालयको विवरणमा उल्लेख छ।

प्रकाशित: Aug 17, 2023| 15:57 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्