शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • युवा पुस्तालाई स्वदेशमै अवसर खोजेर उद्यमशील हुन अर्थमन्त्री महतको सुझाव

युवा पुस्तालाई स्वदेशमै अवसर खोजेर उद्यमशील हुन अर्थमन्त्री महतको सुझाव

विदेश जानेबित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन युवा पुस्तालाई आग्रह मन्त्री महतको आग्रह।
 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले रोजगारीकै लागि युवा पुस्ताको विदेश पलायन चिन्ताजनक विषय भएको बताएका छन्। उनले उद्यमशीलता विकासको अवसर विदेशमा भन्दा स्वदेशमै रहेकाले यसको नेतृत्व युवाले लिनुपर्ने औंल्याए।

आज राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले  काठमाडौंमा आयोजना गरेको इन्टरप्रेनसिप मोटिभेसन कन्क्लेभलाई सम्बोधन गर्दै मन्त्री महतले विदेश जानेबित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन युवा पुस्तालाई आग्रह गरेका हुन्।

‘हामीकहाँ विकास हुन बाँकी छ। यसकारण यहाँ अवसर प्रशस्त छ। विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ’, अर्थमन्त्री महतले भने, ‘अवसर हेर्ने सूक्ष्म आँखा चाहियो। यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, कर छुटलगायतका सुविधा दिइरहेको छ। अहिले युवामा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाइ हाबी हुँदै गएको छ, जुन चिन्ताको विषय हो।’

मुलुकको अर्थतन्त्र लयमा फर्किएको र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकारात्मक सोच राख्नुपर्नेमा उनले जोड दिए। विदेशमा आर्जित पुँजी र सीप नेपालमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ। अहिले पर्यटन क्षेत्र सुधार हुँदै गएको र सूचना प्रविधिका क्षेत्रमा पनि नेपालको राम्रो सम्भावना देखिन थालेको उनले बताए। 

चालू आर्थिक वर्षको बजेटबाट सरकारले सूचना प्रविधि क्षेत्रको सेवा निर्यातका लागि सहजीकरण गरेको मन्त्री महतले जानकारी दिए। अहिले प्रविधि प्रयोगले बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ।

आर्थिक विकास, उद्यमशीलता र रोजगारी अवसर र चुनौती शीर्षकको पहिलो सत्रमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्यमशीलता व्यक्तिको क्षमतामा निहित हुने र त्यस्तो क्षमता सिकाइमा भर पर्ने बताए।

उद्यमशीलता विकासका लागि व्यक्तिको क्षमता विकास महत्त्वपूर्ण हुने उनको भनाइ छ। उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले लिएका नीति र योजनाको लाभ युवाले पाउन नसकेको पूर्वअर्थमन्त्री खतिवडाले उल्लेख गरे।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठले युवा लक्षित उद्यमशीलता कार्यक्रमका लागि बैंकिङ क्षेत्रले १० प्रकारका सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको बताए।

महिला उद्यमशीलता, शैक्षिक प्रमाणपत्र धितो कर्जालगायत बिनाधितो कर्जाका कार्यक्रम सञ्चालन भइरहेकामा त्यसको लाभ युवाले लिन सक्नुपर्नेमा उनले जोड दिए।उद्यमशीलता लक्षित कर्जा कार्यक्रमको उपलब्धि लक्ष्य अनुरुप नदेखिएको उनको भनाइ थियो।

प्रकाशित: Aug 16, 2023| 16:14 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।