मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पहाडी क्षेत्रका उडानलाई थप सुरक्षित बनाउन चारबुँदे निर्णय सार्वजनिक

पहाडी क्षेत्रका उडानलाई थप सुरक्षित बनाउन चारबुँदे निर्णय सार्वजनिक

पहाडी क्षेत्रका विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरेर स्थानीयलाई हवाई यातायातमा पहुँच वृद्धि गराउने उपायस्वरुप चारबुँदे निर्णय सार्वजनिक।
 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलबाट हुने उडान, अवतरणलाई थप सुरक्षित बनाउन चारबुँदे निर्णय सार्वजनिक गरेको छ।

National life

पहाडी क्षेत्रमा अवस्थित सर्ट टेक अफ एन्ड ल्यान्डिङ (एसटीओएल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरेर स्थानीयलाई हवाई यातायातमा पहुँच बढाउने उपायस्वरुप चारबुँदे निर्णय सार्वजनिक गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलबाट जारी विज्ञप्तिमा उल्लेख छ। 

उनका अनुसार एसटीओएल विमानस्थलमा अतिरिक्त समय उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणपछि मात्र उडान अनुमति दिइनेछ।

एसटीओएल विमानस्थलमा उडान गर्दा प्रत्येक उडानमा सीएए नेपाल सीएआर (२) मा भएको मापदण्डको सुनिश्चिततापछि पीआईसी सम्पूर्ण रुपमा सन्तुष्ट हुनुपर्नेछ।

नेपालगञ्ज विमानस्थलबाट एसटीओएल विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले त्यहाँ अनिवार्य फ्लाइट अपरेसन अफिसर व्यवस्था गर्नुपर्ने तथा त्यससम्बन्धी सम्पूर्ण काम सोही अफिसरमार्फत गराउनुपर्ने प्राधिकरणले बताएको छ।

पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण एसटीओएल विमानस्थलको सञ्चालन समय पुनरवलोकन तथा आन्तरिक हावापानीबारे बुझ्न प्राधिकरणका उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको भुलले बताए।

प्रकाशित: Aug 17, 2023| 16:39 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्