मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धबाबा सुरुङ मार्ग निर्माणमा नयाँ परामर्शदाता छनोट

सिद्धबाबा सुरुङ मार्ग निर्माणमा नयाँ परामर्शदाता छनोट

ईआरएमसी–योङमा डोङसुङ जेभीले नयाँ परामर्शदाताको जिम्मेवारी पाएको हो।
 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

काठमाडौं– सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा बन्न लागेको सिद्धबाबा सुरुङ मार्ग निर्माणमा नयाँ परामर्शदाता छनोट भएको छ। परामर्शदाता ईआरएमसी–योङमा डोङसुङ जेभीलाई जिम्मेवारी दिइएको हो।

National life

सडक विभागअन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले नयाँ परामर्शदाताको रुपमा ईआरएमसी–योङमा डोङसुङ जेभीलाई छानेको हो। केन्द्रका इन्जिनियर दीप वाराहीका अनुसार परामर्शदाताले ४० करोड ९१ लाख रुपैयाँ पाउनेछ।

स्वीस कम्पनीको डीपीआर अनुसार सुरुङ मार्ग बनाउन ग्लोबल टेन्डर गरेर यसअघि नै चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई छानिएको थियो। १.१२६ किलोमिटर लम्बाइको सुरुङ मार्ग ७ अर्ब ३४ करोड २१ लाख  लागतमा निर्माण गर्ने सम्झौता २०७८ फागुनमा भएको हो।

ठेकेदार कम्पनीले बर्खामास सकिएपछि सुरुङ खन्ने बताएको छ। उसले अहिले पूर्वतयारीका काम गरिरहेको छ। पूर्वतयारीस्वरुप रामापिथेकस पार्कनजिक डाइभर्सन निर्माण काम भइरहेको छ । ठेकेदार कम्पनीले सडक स्तरोन्नतिको काम गरिरहेको छ।

प्रकाशित: Aug 16, 2023| 13:41 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्