शुक्रबार, साउन २, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अवैध सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ 

अवैध सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ 

सीआईबीले मंगलबार राती राजधानीका विभिन्न स्थानबाट चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेंकाईलाई पक्राउ गरेको हो।
 |  बुधबार, साउन ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

vianetvianet

काठमाडौं– अवैध सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार राती राजधानीका विभिन्न स्थानबाट चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेंकाईलाई पक्राउ गरेको हो।

राजस्व अनुसन्धान विभागको टोलीले ३ साउनमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवैध एक क्विन्टल सुन (गालेपछि ६० केजी) बरामद गरेपछि त्यसमा संलग्नको खोजी गरिरहेको सीआईबीले थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले पुष्टि गरे।

पक्राउ पर्नेमा ३ महिला र एक पुरुष रहेका छन्। सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसुरमा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको छ।

प्रकाशित: Aug 16, 2023| 16:45 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

 ७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी

बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ।
गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

गत आवमा सरकारको आम्दानी १२ खर्ब १९ अर्ब, खर्च १५ खर्ब २३ अर्ब

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो।