शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अवैध सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ 

अवैध सुन तस्करी प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ 

सीआईबीले मंगलबार राती राजधानीका विभिन्न स्थानबाट चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेंकाईलाई पक्राउ गरेको हो।
 |  बुधबार, साउन ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३१, २०८०

काठमाडौं– अवैध सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार राती राजधानीका विभिन्न स्थानबाट चिनियाँ नागरिक तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेंकाईलाई पक्राउ गरेको हो।

राजस्व अनुसन्धान विभागको टोलीले ३ साउनमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवैध एक क्विन्टल सुन (गालेपछि ६० केजी) बरामद गरेपछि त्यसमा संलग्नको खोजी गरिरहेको सीआईबीले थप चार चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले पुष्टि गरे।

पक्राउ पर्नेमा ३ महिला र एक पुरुष रहेका छन्। सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसुरमा अनुसन्धानका लागि म्याद थप्न जिल्ला अदालत काठमाडौं लगिएको छ।

प्रकाशित: Aug 16, 2023| 16:45 बुधबार, साउन ३१, २०८०
प्रतिक्रिया दिनुहोस्