शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम गरेको हो।

यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए। रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लिले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए  ल्याएकी डौफिन राइका मगरलाई सम्मान स्वरूप नगद  १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो।

छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु.पाँच हजार, दोश्रो हुनेलाई रु.तीन हजार पाँच सय, तेश्रो हुनेलाई रु. दुई हजार पाँच सय, साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.एक हजार पाँच सय एक वर्षसम्म उपलब्ध गराउने छ।

एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृस्ट ११ स्मार्ट विद्यार्थीहरु चुनिने छन्।

कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा यही भाद्र १ गते शुक्रबार कम्पनीको आधिकारिक वेवसाईट तथा फेसबुक पेजमा  प्रकाशित गरिने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Aug 15, 2023| 20:04 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्