शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी

पश्चिम रुकुम घटना : वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी

पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोती हत्याकाण्डमा संलग्न रहेको आरोपमा पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
 |  मंगलबार, जेठ १३, २०७७
nespernesper

देव राना

देव राना

मंगलबार, जेठ १३, २०७७

सुर्खेत- पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा तीन जनाकाे ज्यान जाने गरी भएकाे घटनामा संलग्न रहेको आरोपमा पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

triton college

मृतक तीनै जनाका बुवाले जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया प्रेमिका, उनका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल र सोही गाउँका डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनाविरुद्ध किटानी जहोरी दर्ता भएको जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले बताए।

घटनामा संग्लग्न सबैलाई पश्चिम रुकुम प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर शनिबार बेलुका ८ बजेतिर भएको घटनामा जाजरकोटको भेरी नगरपालिका–४ नवराज विक (प्रेमी), गणेश बुढामगर र चौरहजारी नगरपालिका–१ टीकाराम सुनारको शव भेरी नदीमा मृत भेटिएको थियो।

Metro Mart
vianet

घटनामा भेरी नगरपालिका वडा नं ११ का १८ वर्षीय लोकेन्द्र सुनार, १८ वर्षकै सञ्जु (सन्दीप) विक र १७ वर्षीय गोविन्द शाही सम्पर्क विहीन छन्।

सम्बन्धित समाचार

नागरिक अपिल : रुकुम घटनाका दोषीमाथि कारबाही गरियोस्

रुकुम हत्याकाण्ड मानवताविरुद्धको बर्बर अपराध : साझा पार्टी

'रुकुम पश्चिम हत्याकाण्डले उब्जाएका ३ प्रश्नमा गम्भीर बनौं'

साेती घटनाका दोषीलाई कानुनी दायरामा ल्याऊ : मानवअधिकार आयोग

रुकुम पश्चिमको घटनाबारे के भने गृहमन्त्रीले ? (भिडियोसहित)

सोती घटनाको छानबिन गर्न समिति गठन

बाबु र साथीको बयान : बेहुली लिन जाँदा 'दलित' भन्दै कसरी मारिए नवराज ?

रुकुमपश्चिममा बेपत्ता तेस्रो युवकको शव भेटियो

 

प्रकाशित: May 26, 2020| 20:10 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।