बुधबार, असार २५, २०८२

गाउँपालिकाले मजदुरलाई खाद्यान्न दिने

प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ ।
 |  शनिबार, चैत १५, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १५, २०७६

vianetvianet

प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहान–बेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पु¥याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषिराम शर्माले जानकारी दिए।

गाउँपालिकाले वडाध्यक्षमार्फत आठ वटै वडाका ज्यालादारी मजदुरीको लगत सङ्कलन गरी खाद्यान्न दिने उनले बताए। पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार परिवारका सदस्य हेरी २५ देखि ५० केजीसम्म चामल र पाँच केजी दाल दिइनेछ ।

कोरोना सङ्क्रमण बढेका समयमा नेपालसँगै जिल्ला नै लकडाउन भएका समयमा काम गर्न नपाएका मजदुरलाई केही राहत प्रदानका लागि यो निर्णय गरिएको हो । पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट रकम खर्च हुने गरी खाद्यान्न दिइने शर्माले बताए। वडाध्यक्षको समन्वयमा खाद्यान्न वितरण गरिने छ ।

नौबहिनी गाउँपालिकाले देश बाहिरबाट आएका व्यक्तिको लगत सङ्कलनको कामसमेत गरेको छ । पलिकाका आठ वडामा १५० व्यक्ति गाउँमा आएको स्वास्थ्य शाखा प्रमुख शर्माले जानकारी दिए। अन्य मुलुकबाट पालिका क्षेत्रमा आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न आग्रहसमेत गरेको उनको भनाइ छ ।
रासस

प्रकाशित: Mar 28, 2020| 02:03 शनिबार, चैत १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।