नयाँदिल्ली– रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले कोभिड–१९ को महामारीबाट थलिएको अर्थतन्त्रलाई भरथेग गर्न ब्याजदरमा ०.७५ प्रतिशत विन्दुले कटौती गरेको छ ।
ब्याजदर घटेपछि आरबीआईबाट अब अन्य बैंकहरूले सस्तोमा ऋण पाउनेछन्। त्यसको प्रभावले बैंकहरूको कर्जा प्रवाह पनि सस्तोमा हुनेछ।
द प्रिन्ट डट आईएनका अनुसार आरबीईको यो निणयसँगै बैंकहरुले यसअघि दिएको ऋणको ब्याज पनि घट्ने छ। ब्याजदर घटेसँगै ऋणीहरुले तिर्ने मासिक किस्ता स्वतः कम पर्छ।
आरबीआईले ब्याजदर कटौती गरेपछि रिपोदर घटेर ४.४ प्रतिशतमा आएको छ। यसबाट भारतका बैंक तथा वित्तीय संस्था र माइक्रोफाइनान्सहरूसमेत लाभान्वित हुनेछन् ।
आरबीआईका गभर्नर शशीकान्त दासले शुक्रबार भिडियो सन्देशमार्फत् मौद्रिक नीतिमा केही परिवर्तन गरी राहत प्याकेजको घोषणा गरेको जनाएका छन्।