प्रायः सबैले अमेरिकी प्रहरी संयन्त्रमा रहेको कानुन परिवर्तनको माग गरेका छन्। उनीहरुको माग छ- कुनै प्रहरी अधिकारीले कसैलाई गोली हान्न अगाडि कम्तीमा सय पटक सोचोस्।
सोमालियामा व्यापक वर्षापछि नदीहरूमा आएको बाढी किनार क्षेत्रका वस्तीमा पस्दा कम्तीमा २९ व्यक्तिको मृत्यु भएको राष्ट्रसंघीय मानव सहायता संस्था ‘ओसीएचए’ ले शुक्रबार जानकारी गराएको छ ।
संयुक्त राज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदा न्युयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्व्यवहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको छ।
देशका प्रधानमन्त्रीलाई कसैले मेरो घाँसमा नटेक्नुस् भन्यो भने, के होला ? अस्ट्रेलियाका प्रधानमन्त्रीसँग यस्तै भयो । र, प्रधानमन्त्री अप्ठ्यारो मान्दै हटे पनि।
प्रहरीबाट हत्या भएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोएडलाई कोरोना भाइरसको संक्रमण रहेको खुलेको छ। केही हप्ताअघि उनलाई संक्रमण पुष्टि भएको थियो। फ्लोएडको हत्यालाई लिएर अमेरिकामा प्रदर्शन जारी छ।