शुक्रबार, फागुन २९, २०८२

कोरोनालाई काबुमा राख्न सफल यी देश

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय संकटकाल घोषणा गरेको ६ महिनापछि सफलताको कथा सुनाइरहेका यि देशहरु कुन कुन हुन्, त ?
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

अहिले नेपाल, भारत जस्ता दक्षिण एसियाली देशहरुमा कोरोना तिव्र गतिमा फैलन थालेको छ। युरोपका केही देश कोरोना भाइरस संक्रमणको दोस्रो लहरको चिन्तामा छन। तर, केही देशहरु भने पहिलो लहर नै रोक्न सफल भएका छन्।

National life

विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय संकटकाल घोषणा गरेको ६ महिनापछि सफलताको कथा सुनाइरहेका यि देशहरु कुन कुन हुन्, त ?

रवान्डा
गएको मार्च महिनादेखि नै लकडाउन गरेको रवान्डाले उती बेला नै अन्तर्राष्ट्रिय सीमा बन्द गरिसकेको थियो, उडान र यात्रामा प्रतिवन्ध लगाउनुका साथै रातिको समयमा कफ्र्यू घोषणा गर्‍यो।

रवान्डाले मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता काम सुरुदेखि नै अनिवार्य मात्र गरेन यसको कडा निगरानी पनि गरिराख्यो।

अस्पतालमा उच्च प्रविधियुक्त रोबोट तैनाथ गरिए। अहिलेसम्म रवान्डामा संक्रमितको कुल संख्या करिब १९०० मात्र पुगेको छ।

Laxmi sunrise bank
kumari

थाइल्याण्ड

चीनपछि पहिलोपटक कोरोना संक्रमित भेटिएको देश हो थाइल्याण्ड। जनवरीमा पहिलो केस पुष्टि भएलगत्तै थाइल्याण्डले पनि रवान्डाको जस्तै कदम उठायो।

थाइल्याण्डका अधिकांश क्षेत्रमा प्रदूषणका कारण मास्क लगाउने प्रचलन पहिलेदेखि नै थियो। पारम्परिक अभिवादन नेपालमा जस्तै नमस्ते गर्ने प्रचलन रहेको थाइल्याण्डले बचाउका उपाय कडाईका साथ लागू गरेकाले मे महिनापछि संक्रमित थपिएका छैनन्।

भियतनाम

यात्रा प्रतिवन्ध र पूर्ण लकडाउन बाहेक भियतनाममा लाखौंं मानिसलाई सैन्य शैलीका शिविरजस्ता क्वारेन्टिनमा राखियो।
भियतनाममा अहिलेसम्म संक्रमितको संख्या ६०० पनि पुगेको छैन।

यद्यपि, तटीय सहर डा नांगमा हालै नयाँ संंक्रमित देखिन थालेपछि चिन्ता थपिएको छ। सहरको सीमा बन्द गरिएको छ र व्यापक मात्रामा परीक्षण हुँदैछ।

न्यूजिल्याण्ड

न्यूजिल्याण्डले जेठको अन्तिम सातामै आफूलाई कारोनामुक्त घोषणा गरेको हो। कोरोना भाइरसको संक्रमण रोक्न सात हप्तासम्म कडा लकडाउन गरेको न्यूजिल्याण्डमा जनता र सरकारबीच निरन्तर सञ्चार र सम्वाद भइरह्यो।

सम्पूर्ण अभियानलाई कुनै युद्धको रुपमा पेश नगरेर एक अर्कालाई मद्दत गर्नुपर्ने बेला आएको भन्दै सरकारले नागरिकहरुमा सचेतना फैलाउन सफल भयो।

न्यूजिल्याण्डमा कुल संक्रमितको संंख्या करिब १२०० मै सीमित छ।

क्यारेबियन देशहरु

कोरोना भाइरस जुन रफ्तारले ल्याटिन अमेरिकी देशहरुमा फैलियो त्यही रफ्तारमा क्यारेबियन देशहरुमा फैलन पाएन । बारबाडोसका प्रधानमन्त्री मिया मोटली जस्ता नेताहरुले क्षेत्रीय प्रयासलाई बढावा दिए। क्यारिबियन समुदायले जुटेर निजी सुरक्षाको व्यवस्था गरे।

सरकारहरुले मिलेर अन्तर्राष्ट्रिय सहयोग र ऋण माफीको आवाज उठाए। पोर्तो रिको र हैटी जस्ता देशमा कोरोना संक्रमण निकै कम छ।

 

प्रकाशित: Jul 31, 2020| 18:35 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।