शुक्रबार, फागुन २९, २०८२

भारतको मध्य प्रदेशका मुख्यमन्त्रीलाई कोरोना

भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजेटिभ देखिएको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

एजेन्सी- भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पोजेटिभ देखिएको छ।

National life

चौहानले आफूलाई कोरोना पुष्टि भएको केहीबेरअघि ट्वीटरमार्फत् जानकारी दिएका हुन्। साथै चौहानले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न पनि अपिल गरेका छन्।

मुख्यमन्त्री चौहानले लेखेका छन्, ‘मेरा प्रिय प्रदेशवासीहरु मलाई कोरोनाका लक्षण देखिएका थिए, चेक गराउँदा पोजेटिभ नतिजा आएको छ। मेरो सम्पर्कमा आएका मेरा सबै साथीहरुलाई कोरोना चेक गराउन र क्वारेन्टिनमा बस्न अपिल गर्दछु।’

उनले लेखेका छन्, ‘मैले कोरोनाको सबै दिशा निर्देश पालना गरिरहेको छु। डाक्टरको सल्लाहअनुसार आफैलाई क्वारेन्टिनमा राख्नेछु। मेरो प्रदेशका जनतालाई मेरो अनुरोध छ कि, सबैले साबधानी अपनाउनुहोस्, सामान्य असाबधानीले पनि कोरोनालाई निमन्त्रण दिन्छ। मैले कोरोनाबाट बच्न हरसम्भव प्रयास गरेको थिएँ तर विभिन्न विषय लिएर मानिसहरु भेटघाटका लागि आइरहे।’

उनले थपेका छन्, ‘कोरोनाको समयमै उपचार भयो भने मानिस ठिक हुन्छ। मैले मार्च २५ देखि हरेक साँझ संक्रमणको अवस्थाबारे समीक्षा बैठक गर्दै आएको छु, म अब भिडियो कन्फ्रेन्सिङबाट यस्तो बैठक गर्नेछु।’

Laxmi sunrise bank
kumari

मुख्यमन्त्री चौहान र उनको मन्त्रिपरिषदका सदस्यहरु यसअघि सामाजिक दूरी कायम नगरेको भन्दै आलोचित बन्दै आएका थिए। विपक्षी कांग्रेसले यसको विरोध गर्दै आएको थियो। बीबीसी हिन्दी

प्रकाशित: Jul 25, 2020| 14:03 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।