शुक्रबार, फागुन २९, २०८२

कुकुरले सुँघेर पत्ता लगाउँछ अब कोरोना

कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउने गरेको पाइएको छ। जर्मनीका शोधकर्ताले यस्तो दाबी गरेका हुन्।
 |  शुक्रबार, साउन ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ९, २०७७

कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाउने गरेको पाइएको छ। जर्मनीका शोधकर्ताले यस्तो दाबी गरेका हुन्।

National life

जर्मनीको हेनोवरस्थित युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिनले जर्मन सेनासँगको सहकार्यमा उक्त शोध गरेको थियो। एक साताको तालिमपछि स्नाइफर जातका ८ वटा कुकुरले कोरोना संक्रमण भएका र नभएका मानिस छुट्याएको पाइएको छ। यो शोधमा ९४ प्रतिशत सफलता मिलेको शोधकर्ताहरुको दाबी छ।

विमानस्थल, खेल मैदानजस्ता सार्वजनिक ठाउँमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन कुकुरको प्रयोग उपयोगी हुने उनीहरुले बताएका छन्।

बेलायत तथा अन्य केही देशमा पनि स्नाइफर कुकुरको मद्दतबाट कोरोना संक्रमितको पहिचान गर्न सकिनेबारे परीक्षण भइरहेको बताइएको छ।

बीबीसी

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 24, 2020| 07:49 शुक्रबार, साउन ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।