शुक्रबार, फागुन २९, २०८२

चीनले पठायो मंगल ग्रहमा यान

चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

वेनचाङ – चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ।

National life

अमेरिकाले पनि मंगल ग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ।
दुवै मुलुकबीच खगोलीय पिण्डहरुको खोजीमा प्रतिस्पर्धाकै देखिएको छ।

चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (स्वर्गको जिज्ञासा) राखेको छ।  यान चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको थियो।
प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुसीयाली साटासाट गरेका थिए।

साइट कमान्डर झाङ झुयुले राज्य सञ्चालित सिसिटिभी टेलिभिजनबाट प्रक्षेपण अभियान सफल भएको घोषणा गरेका थिए।

पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कनेछ।
मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ।

Laxmi sunrise bank
kumari

यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

हार्वर्ड–स्मिथसोनियन सेन्टरका अन्तरीक्षयात्री जोनाथन म्याडावेलले चीनले पहिलो पटक गरेको यस प्रयासबाट ठूलै उपलब्धि हासिल भइहाल्नेमा अहिल्यै आशावादी हुन नसकिने बताए।

उनले अमेरिकाले पनि यस्तो परीक्षण पहिल्यै गरिसकेको बताए।

मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ।

तर हेर्नलायक मुख्य प्रतिस्पर्धा चीन र संयुक्तराज्य अमेरिकाबीच नै हुनेछ।

चीनले पछिल्ला वर्षहरुमा अन्तरिक्ष खोजमा अमेरिकाको बर्चश्व समाप्त गर्ने प्रयासस्वरुप व्यापक अभियान सञ्चालन गरिरहेको छ।
अमेरिकी अन्तरीक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ।

नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष्य लिएको छ।

अन्तरीक्षयात्री म्याडावेलले चीनको तियानवेन–१ मिसन नासाले सन् १९७५–७६ मा प्रक्षेपण गरेको भाइकिङ समानको मात्र रहेको पनि बताए।
सन् १९६० देखि सुरु भएका मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन्।

प्रकाशित: Jul 23, 2020| 13:37 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।