सोमबार, वैशाख २८, २०८३

अमेरिकामा हप्तादिनमा १४ लाखले मागे बेरोजगार भत्ता

अमेरिकामा पछिल्लो हप्ता बेरोजगार भत्ता माग्नेहरुको संख्या १४ लाख पुगेको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

अमेरिकामा पछिल्लो हप्ता बेरोजगार भत्ता माग्नेहरुको संख्या १४ लाख पुगेको छ।

National life

कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुले अमेरिकामा सरकारसँग बेरोजगार भत्ता माग्ने गरेका छन् । बेरोजगार भत्ता माग्नेहरुको सङ्ख्या हरेक हप्ता लाखौँ हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

रोजगारी खोसिएकाले बेरोजगार भत्ता दावी गर्नेहरुको सङ्ख्या थपिँदै गएको तथ्याङ्कमा देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण कतिपय ठाउँमा थप फैलिन थालेपछि केही राज्यहरुले व्यापार व्यवसाय पुनः शुरु गर्ने योजनालाई स्थगित गरेका छन् ।

वेरोजगारीको सङ्ख्या अमेरिकी इतिहासमा आर्थिक मन्दीका समयमा पनि प्रतिहप्ता सात लाखभन्दा बढी नपुगेको तर कोभिड–१९ को कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको र यसको व्यापक विश्वव्यापी असर परेका कारण हालैका केही महिनाहरूमा उच्च रहने गरेको अधिकारीले बताएका छन् ।

लाखौँ उपभोक्ता पहिला झै फेरि यात्रा, किनमेल र कामका लागि पुरानै अवस्थामा फर्किन डराइरहेको पाइएको छ । त्यसैले पनि रोजगारी गुमेकाहरुले बेरोजगार भत्ता माग्नु परेको अधिकारीहरुको भनाइ छ ।

अमेरिकाको श्रम मन्त्रालयले एकै हप्तामा लाखौँ मानिसले बेरोजगारी भत्ता माग्नुले अर्थतन्त्रमा नकारात्मक असर पर्ने सङ्केत गरेको जनाएको छ ।

अमेरिकामा अहिलेसम्म बेरोजगार भत्ता माग्नेहरुको सङ्ख्या एक करोड ७० लाखभन्दा बढी पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित: Jul 31, 2020| 06:34 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।