शुक्रबार, फागुन २९, २०८२

भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार पुग्याे

भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन्।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

नयाँदिल्ली-भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन्।

National life

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार यससँगै भारतमा कोभिड–१९ संक्रमितको संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ।

विगत चौबीस घण्टामा थप ७५७ संक्रमित व्यक्तिको मृत्यु भएको छ। अहिलेसम्म भारतमा ३१ हजार ३५८ कारोना भाइरस संक्रमितको मृत्यु भइसकेको छ।

भारत सङ्क्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ तर भारतमा अधिकांश बिरामी निको भई घर फर्किइसकेका छन्।
शनिबारसम्ममा चार लाख ५८ हजार २०५ व्यक्ति कोभिड–१९ बाट संक्रमित छन्।

प्रकाशित: Jul 25, 2020| 19:44 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।