चर्चित भारतीय फिल्म 'बाहुबली' का निर्देशक एसएस राजमौलीलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनीसहित परिवारका अन्य सदस्यमा पनि संक्रमण पुष्टि भएको हो।
राजामौलीले ट्वीट गर्दै आफूसहित परिवारलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। 'म र मेरा परिवारका सदस्यलाई केही दिनदेखि हल्का ज्वरो आएको थियो। परीक्षण गराउँदा कोरोना पोजेटिभ रिपोर्ट आएको छ,' उनले ट्विटमा उल्लेख गरेका छन्। चिकित्सकसँगको सल्लाहअनुसार आफूहरु घरमै क्वारेन्टिनमा बसेको उनले जनाएका छन्।
राजामौलीले निर्देशन गरेको पछिल्लो फिल्म 'आरआरआर' आगामी ८ जनवरीमा रिलिज हुने तय भएको छ। जुनियर एनटीआर प्रमुख भूमिकामा रहेको फिल्ममा अजय देवगन, आलिया भट्ट र श्रेया सरनले पनि अभिनय गरेका छन्।