शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारी ठहर

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारी ठहर

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन्।

National life

सीएनएनका अनुसार मलेसियाको उच्च अदालतका न्यायाधीश नज्लान मोहमद गजलीको इजलासले सुनुवाइ गर्दै रजाकलाई दोषी ठहर गरेको हो।

नजिबले सरकारी कोषबाट निजी खातामा एक करोड अमेरिकी डलर सारेकोलगायत मुद्दा छन्। उनलाई भ्रष्टाचार सम्बन्धी ७ अभियोग लागेको छ।

यी मुद्दामा अदालतले आज प्रारम्भिक सुनुवाइ गरेको हो। अन्तिम फैसलापछि उनलाई हरेक मुद्दाको १५ देखि २० वर्ष जेल हुनसक्ने बताइएको छ।

नजिब सन् २००९ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री भएका थिए। दुई वर्षअघि मलेसियामा भएको निर्वाचनपछि उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ।

Laxmi sunrise bank
kumari

२०१८ मा उनको घरमा छापा मार्दा प्रहरीले २७.३ करोड अमेरिकी डलर बराबरको विलासिताको सामग्री र गरगहना भेटेको थियो।

 

 

प्रकाशित: Jul 28, 2020| 12:29 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।