शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलका राष्ट्रपति बोलसोनारोले भने- मेरो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो

ब्राजिलका राष्ट्रपति बोलसोनारोले भने- मेरो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आयो

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो कोरोना भाइरस (कोभिड-१९)को संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन्।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले आफ्नो कोरोना भाइरस (कोभिड-१९)को संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको बताएका छन्। दुई साताअघि उनले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका थिए।

National life

राष्ट्रपति बोलसोनारोले केही समयअघि सामाजिक सञ्जाल ट्विटरमा तस्बिर ट्विट गर्दै आफ्नो रिपोर्ट पोजेटिभ आएको बताएका थिए। उक्त तस्बिरमा उनले हातमा हाइड्रोक्सिक्लोरोक्विन नामक औषधीको एक प्याकेट समातेका देखिन्छन्।

यसअघि राष्ट्रपति बोलसोनारोले कोरोना संक्रमितको उपचारका लागि यो औषधी प्रयोग गर्नुपर्नेमा समर्थन जनाइसकेका छन्। यद्यपि, यो औषधी कोरोना संक्रमितको उपचारमा प्रभावकारी हुने पुष्टि भएको छैन।

राष्ट्रपति बोलसोनारोले आफ्नो पछिल्लो परीक्षण कहिले गरिएको र त्यसको नतिजा कहिले आएको भन्नेबारे केही बताएका छैनन्।

विश्वभर कोरोना प्रभावित देशको सूचीमा ब्राजिल अमेरिकाभन्दा पछि अर्थात् दोस्रो स्थानमा छ। त्यहाँ २२ लाख ८७ हजारभन्दा बढीमा संक्रमित छन्।

Laxmi sunrise bank
kumari

यस्तै, अहिलेसम्म त्यहाँ ८५ हजार २३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

बीबीसी

प्रकाशित: Jul 25, 2020| 21:49 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।