शुक्रबार, फागुन २९, २०८२

कोरोनाका कारण विश्व पर्यटनमा ३ खर्ब २० अर्ब डलर घाटा

महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको विश्व पर्यटन संगठनको ठहर छ ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

कोरोना भाइरस सङ्कटले २०२० को पहिलो ६ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष तीन खर्ब २० अर्ब अमेरिकी डलर बराबरको राजस्व सङ्कलनमा क्षति पुगेको र यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको संयुक्त राष्ट्रसंघले बताएको छ ।

National life

मंगलबार म्याड्रिडस्थित विश्व पर्यटन संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटको वेलाको घाटाभन्दा तीन गुणा बढी घाटा भएको छ ।”

महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको संगठनको ठहर छ ।

“यस पछिल्लो तथ्याङ्कले पर्यटन यथासम्भव सुरक्षित हुने बित्तिकै पुनः सुरु गर्नुको महत्व स्पष्ट पारेको छ । अन्तर्राष्ट्रिय पर्यटनमा भएको भारी गिरावटले लाखौंको जीविका जोखिममा रहेको छ,“ संगठनका महासचिव जुराब पोलोलिकाश्विलीले भने।

महामारीबीच पर्यटन गतिविधि बिस्तारै केहि गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ । संयुक्त राष्ट्रसंघीय उक्त सङ्गठनले यस क्षेत्रमा ‘गम्भीर तथा नकारात्मक जोखिम’ को सामना गर्नुपरेको बताएको छ। भाइरसको सङ्क्रमणको पुनः आगमनले नयाँ लकडाउन, यात्रा प्रतिबन्ध र ‘अधिकांश गन्तव्यहरु’ मा सीमा बन्द गर्न सक्ने र यसले थला परेको पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि अपनाइने प्रतिबन्धात्मक नियमबारे सम्वेदनशिल बन्न पनि उसले जोड दिएको छ।

Laxmi sunrise bank
kumari

उनले अन्तर्राष्ट्रिय पर्यटनका प्रमुख स्रोत मानिने संयुक्त राज्य अमेरिका र चीनलगायतका केही गन्तब्यमा अझै पनि पर्यटन गतिविधिमा सुधार हुन नसक्नुलाई चिन्ताको विषय भनेका छन्।

संयुक्त राष्ट्र संघले मेमा पूर्वानुमान गरे अनुसार कोरोनाभाइरसका कारण सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटन गतिविधिमा ६०देखि ८० प्रतिशतले गिरावट हुनसक्ने बताएको थियो ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय पर्यटन आगमनमा चार प्रतिशतले बढेर एक खर्ब ५० अर्ब पुगेको राष्ट्रसङ्घको तथ्याङ्क छ । विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको देशमा क्रमशः फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिका पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका संगठनले जनाएको छ ।

सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटका कारण अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा पनि गिरावट आएको थियो ।

प्रकाशित: Jul 29, 2020| 06:27 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।