मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियामा पनि कोरोना संक्रमित भेटिए, नेता किम जोङले बोलाए आपतकालीन बैठक

उत्तर कोरियामा पनि कोरोना संक्रमित भेटिए, नेता किम जोङले बोलाए आपतकालीन बैठक

उत्तर कोरियामा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  आइतबार, साउन ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ११, २०७७

उत्तर कोरियामा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

त्यहाँको सरकारी केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले आइतबार बिहान पहिलो कोरोना संक्रमित भेटिएको रिपोर्ट गरेपछि नेता किम जोङले आपतकालीन बैठक बोलाएका छन्।

केसीएनएका अनुसार संक्रमित व्यक्ति जुलाई १९ मा दक्षिण कोरियाबाट अवैधरुपमा उत्तर कोरिया प्रवेश गरेका थिए। संक्रमितको चेकजाँच गरिएको र उसको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टिनमा राखिएको केसीएनएले जनाएको छ।

संक्रमितको अवैध प्रवेशबारे देशको केन्द्रीय सैन्य आयोगले अनुसन्धान गर्ने र दोषी एकाईलाई सजाय दिने बताइएको छ।

सीएनएन

प्रकाशित: Jul 26, 2020| 10:21 आइतबार, साउन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।