शुक्रबार, फागुन २९, २०८२

ब्राजिलका राष्ट्रपतिमा पुनः कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पुनः कोरोना भाइरसबाट संक्रमित भएका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पुनः कोरोना भाइरसबाट संक्रमित भएका छन्।

National life

राष्ट्रपति कार्यालयले बुधबार यो कुराको पुष्टि गर्दै उनी अझै २ साता क्वारेन्टिनमा बस्ने जानकारी दिएको छ। राष्ट्रपतिका सबै भेटघाट र यात्रा स्थगित गरिएको छ।

यसअघि ७ जुलाईमा उनलाई पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी राष्ट्रपति आवासमा सेल्फ आइसोलेसनमा थिए। हिजो बुधबार पुनः परीक्षण गर्दा संक्रमण देखिएको बताइएको छ।

ब्राजिलका राष्ट्रपतिले कोरोना भाइरसलाई हल्का रुपमा लिँदै आएका छन्। उनी ब्राजिलमा लकडाउन गर्ने पक्षमा पनि थिएनन्।

कोरोना महामारीबाट अति प्रभावित हुने मुलुकको दोस्रो स्थानमा आउँछ ब्राजिल। त्यहाँ २२ लाख मानिस कोरोनाबाट संक्रमित भएकोमा ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jul 23, 2020| 06:30 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।