'अमेरिकीहरुको निराशालाई स्वीकार गर्छ। किनभने मेरो कार्यकालको पहिलो वर्ष समाप्त भएको छ। तर, संयुक्त राज्य अमेरिका कोरोना भाइरस महामारी र मुद्रास्फितिका चुनौतीको सामना गर्ने दिशामा निकै अघि पुगिसकेको छ।'
अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन्। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पारेका छन्।
कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट यहाँ आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन्।
अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ। अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो।
इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसद्बाट पारित भएको छ। जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो।
स्पुतनिक–भी खोपको निर्माता कम्पनी जामलेय रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर जिन्ट्सवर्गले मङ्गलबार स्पुत्निक–भी उपचारमा ७५ प्रतिशत सफल रहेको दावी गरेको हो।
'आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,' उनले...
अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ। अफगानिस्तानको बदगिस प्रान्तमा सोमबार राति गएको ५.३ म्याग्निच्युडको भूकम्पका कारण सयौं घरहरुमा क्षति पुगेको अलजजिराले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री फुमिओ किसिदाका बीचमा छलफल भएको छ। भर्चुअल माध्यमबाट भएको छलफल कोरोनाभाइरसको महामारी र सुरक्षाका विषयमा केन्द्रीत भएको अधिकारीहरुले जनाएका छन्।
फ्रान्समा कोरोनाबिरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ। राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन्।
अल–शाबाब जिहादी समूहको आक्रमणमा परी आइतबार एक सोमालियाली सरकारका प्रवक्ता घाइते भएका छन्। यद्यपि उनलाई ठूलो चोट भने नलागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।