बिहीबार, वैशाख १७, २०८३

भारतमा थप एक लाख २७ हजार नयाँ संक्रमित

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या पाँच लाख एक हजार ११४ पुगेको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट थप एक लाख २७ हजार ९५२ जना नयाँ संक्रमित भएका छन्। संघीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट कुल संक्रमितको संख्या चार करोड २० लाख ८० हजार ६६४ पुगेको जनाएको छ। 

National life

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या पाँच लाख एक हजार ११४ पुगेको छ। 

भारतमा अहिले १३ लाख ३१ हजार ६४८ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ८१४ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। 

एउटै अवधिमा नयाँ संक्रमितहरूको संक्रमणदरभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या झण्डै दोब्बर रहेकाले सक्रिय संक्रमितहरूको संख्या तिव्र रुपमा घट्दै गइरहेको छ। एएनआई

प्रकाशित: Feb 05, 2022| 14:25 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।