आइतबार, फागुन २४, २०८२

सिरियाली जेलमा अझै पनि नाबालकहरूलाई थुनामा : राष्ट्रसंघ

‘संयुक्त सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७०० भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं- गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई अझै थुनामा राखिएको संयुक्त राष्ट्रसंघले आइतबार जानकारी गराएको छ।  

National life

उनीहरुको अवस्थालाई ‘खतरायुक्त’ भन्दै उनीहरूको सुरक्षा तथा मानवीय स्वतन्त्रताका लागि राष्ट्रसंघले विश्व समुदायसँग आग्रह गरेको छ।

‘संयुक्त सेभ द चिल्ड्रेन, ह्युमन राइट्स वाच’लगायत अन्तर्राष्ट्रिय अधिकार समूहहरूले जेलको अनुगमनपछि जनवरी २० मा ७०० भन्दा बढी किशोरहरू ग्वयरान जेलमा रहेको यस पहिल्यै बताएका थिए। 

हजारौं जिहादी लडाकूहरूलाई रहेको उक्त जेलमा तिनीहरूलाई नजिकैको विस्थापन शिविरबाट स्थानान्तरण गरिएको थियो। त्यहाँ रहेका सयौँ बालबालिकाहरू १२ देखि १८ वर्षमुनिका रहेका र उनीहरूमध्ये केही आफ्ना अभिभावक विना नै पनि त्यहाँ रहेका मानव अधिकार समूहले बताएका छन्। 

कति नाबालिगहरू अझै थुनिएका छन् भन्ने निर्दिष्ट नगरिकन संयुक्त राष्ट्रसंघको बाल अधिकार हेर्ने निकायले भनेको छ, 'युनिसेफले अझै पनि ग्वयरान हिरासत केन्द्रमा थुनिएका केही बालबालिकाहरूसँग भेटको र अहिले त्यहाँ केही आधारभूत सेवाहरू स्थापना भए तापनि यी बालबालिकाहरूको अवस्था असाध्यै पीडादायी छ।'

Laxmi sunrise bank
kumari

कुर्दिश नेतृत्वको सिरियाली डेमोक्रेटिक फोर्सका फरहद शामीले एएफपीलाई दिएको जानकारीमा ‘सयौं’ नाबालिगहरू अझै पनि ग्वयरानमा राखिएको बताएपनि तथ्यांक दिन नसक्ने बताए। उनले भने, “उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ।'

हासाकेह शहरको ग्वयरान जेलबाट आइएस जेल आक्रमण विच्छेदको प्रयासले कुर्दिश–चालित सुविधा भित्र र वरिपरि एक हप्ता द्वन्द्व भएको र सयौंको मृत्यु भएको र यसलाई कुर्दिश नेतृत्वमा रहेका सेनाहरूले पुनः कब्जा गरेको थियो। 

सन् २०१९ मा यस समूहको क्षेत्रीय हारपछि सिरियामा यो सबैभन्दा ठूलो जिहादी परिचालन थियो।

प्रकाशित: Feb 07, 2022| 04:30 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।