आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सैन्य झडपभन्दा कूटनीतिक समाधानको सम्भावना ‘उच्च’ : युक्रेनी राष्ट्रपति

सैन्य झडपभन्दा कूटनीतिक समाधानको सम्भावना ‘उच्च’ : युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोल्दोमेयर जिलेनेस्कीले कूटनीतिमार्फत रुससँगको बढ्दो तनावलाई समाधान गर्ने सम्भावना रहेको आइतबार बताएका छन्। झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले बताए।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

National life
Laxmi sunrise bank
kumari

युक्रेन- युक्रेनका राष्ट्रपति भोल्दोमेयर जिलेनेस्कीले कूटनीतिमार्फत रुससँगको बढ्दो तनावलाई समाधान गर्ने सम्भावना रहेको आइतबार बताएका छन्। झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले बताए। 

अमेरिकाले मस्कोले आक्रमणको तयारी बढाइरहेको चेतावनी दिएको केही समय पछि आएको उनको प्रतिक्रियाले रूसी अधिकारी र युक्रेनी अधिकारीहरूबीच कूटनीतिक समाधानका लागि भएका पहल सकारात्मक भएको बुझिएको छ । 

राष्ट्रपतिका सल्लाहकार माइकिलो पोडोल्यकले आइतबार सञ्चारकर्मीसँग भने, 'पछिल्लो स्थितिको मूल्यांकनले तनाव चर्किनेभन्दा कूटनीतिक समाधान खोज्ने सम्भावना अझै पनि प्रवल रहेको र द्वन्द्वको थप वृद्धिको खतरालाई टार्न सकिने संकेत गर्छ।'

प्रकाशित: Feb 07, 2022| 04:00 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।