बुधबार, पुस ३०, २०८२

कसले किन्ला ‘अर्बौं वर्ष पुरानो‘ कालो हीरा’?

पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा बिक्री हुन लागेको छ।
 |  शुक्रबार, माघ २१, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, माघ २१, २०७८

पृथ्वीमा फेला परेको सबैभन्दा ठूलो काटिएको हीरा मानिएको ‘कालो हीरा’ लिलाममा बिक्री हुन लागेको छ। यो हीरा अर्बौँ वर्षअघि बनेको बताइएको छ। ‘द एनिग्मा’ नामक उक्त रत्नको उत्पत्तिबारे विभिन्न मान्यता छन्। एउटा मान्यताअनुसार यो हीरा अन्तरिक्षबाट पृथ्वीमा आइपुगेको हो।

National life

यो हीरा ५५५.५५ क्यारेटको छ जुन एकदमै अस्वाभाविक हो। यसको तौल एउटा केराको जति छ।

सजावट कला, गहना र विभिन्न वस्तुको ठूलो विक्रेता सथबीले लन्डनमा लिलामीमा राखेको यो हीराले ६० लाख डलरभन्दा बढीमा मूल्य पाउने अपेक्षा गरेको छ। अनलाइन माध्यमबाट इच्छुक क्रेताहरू आगामी सातासम्म लिलाम बढाबढमा सहभागी हुन सक्छन्।

यो हीरा कार्बनेडो अर्थात् प्राकृतिक हीराको सबैभन्दा कडा स्वरूपमध्ये एक हो। कालो हीरा सामान्यतया झन्डै २.६ देखि ३.२ अर्ब वर्ष वा डाइनसोर अस्तित्वमा हुँदाको समयभन्दा पुरानो हुन्छ। पृथ्वी झन्डै ४.६५ अर्ब वर्षअघि उत्पन्न भएको हो। त्यसैले पृथ्वी र यो हीराको आयुको तुलना गर्ने गरिएको छ।


Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 04, 2022| 13:10 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।