आइतबार, फागुन २४, २०८२

भारतमा एकैदिन एक लाख ४९ हजारभन्दा बढी कोरोना संक्रमित

सोही अवधिमा थप एक हजार ७२ को कोरोना संक्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

नयाँ दिल्ली- भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। सोही अवधिमा थप एक हजार ७२ को कोरोना संक्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ। 

National life

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या पाँच लाख ५५ जना पुगेको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाउने सब भन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ। 

महाराष्ट्रमा कोरोना संक्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ। त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकामा ३९ हजार १९७ , तमिल नाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ।

हाल भारतमा कोभिड-१९ कूल संक्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ। ती मध्ये हाल सक्रिय संक्रमितको संख्या १४ लाख ३५ हजार ५६९ रहेका छन्। कूल संक्रमितको ३.४२ प्रतिशत सक्रिय संक्रमित रहेका पनि समाचारमा जनाइएको छ। 

गएको २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ कोरोनाबाट मुक्त भएका छन्। यससँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोना संक्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५.३९ प्रतिशत रहेको जनाइएको छ। 

Laxmi sunrise bank
kumari

कोरोना सुरु भएदेखि हालसम्म यहाँ ७३ करोड ५८ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ६८ करोड ४७ लाखभन्दा बढी डोज खोप लगाइएको छ।  एएनआई

प्रकाशित: Feb 05, 2022| 10:50 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।