बिहीबार, साउन ७, २०८३

मेक्सिकोमा बस पल्टिँदा ८ जनाको मृत्यु

क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल शहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन-कानकुन राजमार्गमा भएको थियो
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

मेक्सिको- मेक्सिकोको क्विन्टाना रू राज्यमा आइतबार बस पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

क्विन्टाना रू अभियोजकको कार्यालयले जनाएअनुसार दुर्घटना एल टिन्टल शहर नजिकैको लाजारो कार्डेनास नगरपालिकाको कन्टुनिलकिन-कानकुन राजमार्गमा भएको थियो र पीडितहरू मध्ये पाँच पुरुष र तीन महिला थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार अटोबस डे ओरिएन्ट कम्पनीको उक्त बस निर्माण सामग्री बोकेको ट्रकसँग ठोक्किएको थियो।

नेशनल इन्स्टिच्युट अफ पब्लिक हेल्थको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट मृत्यु हुनेको सन्दर्भमा मेक्सिको विश्वभर सातौं र ल्याटिन अमेरिकामा तेस्रो स्थानमा पर्दछ। सिन्ह्वा

प्रकाशित: Feb 08, 2022| 06:30 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।