आइतबार, फागुन २४, २०८२

पेरुका प्रधानमन्त्रीद्वारा राजीनामा

पेरुका प्रधानमन्त्रीले राजीनामा दिएका छन्।
 |  आइतबार, माघ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

काठमाडौं- पेरुका प्रधानमन्त्रीले राजीनामा दिएका छन्। गत हप्ताको मंगलबार प्रधानमन्त्री बनेका हेक्टर भ्यालेरमाथि घरेलु हिंसाको आरोप लागेसँगै उनले पदबाट राजीनामा दिएका हुन्।

National life

प्रधानमन्त्री भ्यालेरले सन् २०१६ मा आफ्नी पछिल्लो श्रीमती र छोरीमाथि हात उठाएको अभियोग लागेको छ। सो अभियोगको समाचार तीव्र रुपमा बाहिरिएपछि प्रधानमन्त्रीको चर्को आलोचना भएको थियो।

उक्त अभियोगपछि त्यहाँका राष्ट्रपति पेड्रो क्यासिलोले ६ महिनाभित्रमा चौथो नयाँ मन्त्रीमण्डल गठन गर्ने बताएका थिए।  

घरेलु हिंसा गरेका प्रधानमन्त्री भ्लालेरले राजनीतिक अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ। प्रधानमन्त्री भ्यालेरले भने आफूमाथि झुटो आरोप लागेको बताएका छन्।

प्रकाशित: Feb 06, 2022| 12:03 आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।