शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या

पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

National life

इस्लामावाद- पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ। पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ।

अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ। पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो।

पाकिस्तानले आतंकवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ। साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो संख्यामा आतंककारीहरु पनि मारिएको बताइएको छ।   सिन्ह्वा

प्रकाशित: Feb 08, 2022| 07:00 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।