बिहीबार, साउन ७, २०८३

श्रीलंकाका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

देशको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उनले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन्। कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुदै गएकाहरूलाई बाँकी सजाय छूट गरिएको सरकारले जनाएको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

कोलम्बो- श्रीलंकाका राष्ट्रपति गोतावाय राजापक्षले १९७ कैदीलाई आम माफी दिएका छन्। देशको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उनले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन्। कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुदै गएकाहरूलाई बाँकी सजाय छूट गरिएको सरकारले जनाएको छ।

व्यवहारमा सुधार भएकामध्ये पनि ६५ बर्ष उमेर पुरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनौट गरिएको हो। तर हत्या, लागु औषध कारोवार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ।

श्रीलंका सन् १९४८ को फेबु्रअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो। त्यतिबेलादेखि श्रीलंकामा हरेक बर्षको फेबु्रअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ। सिन्ह्वा

प्रकाशित: Feb 05, 2022| 10:07 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।