मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्‍ने : महारानी

युवराज चार्ल्स राजा बनेपछि क्यामिला नै रानी बन्‍ने : महारानी

बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन्।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

लन्डन- बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार,  मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन्।

National life

युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेकी हुन्। गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन्। क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमती हुन्।

युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए। चार्ल्सले विवाह गरे पनि क्यामिला रानी बन्‍न पाउने-नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको थियो।

तर महारानी एलिजावेथले युवराज चार्ल्सले गद्दी आरोहण गरेपछि उनीसँगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी हुन्। 

पन्चानब्बे वसन्त पार गरेकी महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन्, 'मेरो छोरा चार्ल्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु।'

kumari

प्रकाशित: Feb 07, 2022| 05:00 सोमबार, माघ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।