आइतबार, फागुन २४, २०८२

रुसमा एकैदिन एक लाख ५५ हजारभन्दा बढीमा कोरोना संक्रमण

यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

National life
Laxmi sunrise bank
kumari

मस्को- रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस संक्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ। बिहीबार अघिल्लो २४ घण्टायता १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखा परेको छ। यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ। 

यहाँ अहिलेसम्ममा ३ लाख ३३ हजार ३५७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। रुसमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या बढेको पनि पाइएको छ। रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ। अहिले देखिएका संक्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन्। यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।  सिन्ह्वा

प्रकाशित: Feb 05, 2022| 10:35 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।