मंगलबार, वैशाख १५, २०८३

दक्षिण कोरियामा एकैदिन ३६ हजारभन्दा बढी कोरोना संक्रमित

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सक्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ संक्रमित थपिएका थिए।
 |  शनिबार, माघ २२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २२, २०७८

सउल- दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन्।  कोरोना भाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोनको संक्रमण फैलिन थालेकाले संक्रमितहरूको संख्या धेरै भएको अधिकारीहरूले जनाएका छन्। 

National life

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सक्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ संक्रमित थपिएका थिए। 

एकै दिनमा ३६ हजारभन्दा बढी संक्रमित भएको शनिबार पहिलो पटक हो। शनिबारको विवरणसँगै दक्षिण कोरियामा कोरोना भाइरसबाट अहिलेसम्म संक्रमितहरूको कुल सङ्ख्या नौ लाख ७१ हजार १८ पुगेको छ। 

नयाँ संक्रमित मध्ये आठ हजार ५६४ जना राजधानी सोलका मात्रै रहेका छन्। सोही अवधिमा २२ जनाको मृत्यु भएको छ। यससँगै दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या छ हजार ८५८ रहेको छ। सिन्ह्वा

प्रकाशित: Feb 05, 2022| 14:55 शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।