शिक्षकहरुले पाउनुपर्ने तलब भत्ता यथाशीघ्र सरकारले दिने व्यवस्था नमिलाए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले चेतावनी दिएको छ।
भूकम्प, बाढी आदिबाट पीडित अल्पसंख्यकले पर्याप्त राहत नपाएको पनि रिपोर्टमा उल्लेख छ । अहिले पनि उनीहरुको घर निर्माण हुन नसकेकोमा ह्युमन राइट वाचले चिन्ता व्यक्त गरेको छ।
आजदेखि ‘पुनकर्जा कार्यविधि २०७६’ लागू भएको छ । यसअघि राष्ट्र बैंकको निर्देशनका आधारमा उद्योगी–व्यवसायीहरुलाई पुनकर्जा उपलव्ध गराए पनि राष्ट्र बैंकले कार्यविधि नै भने पहिलो पटक जारी गरेको हो ।
स्पेनिस फुटबल लिगको साविक विजेता बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेको छ । भालभर्डेका ठाउँमा उसले नयाँ प्रशिक्षक क्वीक सेटिएनलाई प्रशिक्षक बनाएको छ ।
नेपाल सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको ह्युमन राइट वाचको वर्ल्ड रिपोर्ट २०२० ले औंल्याएको छ। द्वन्द्वकालीन मुद्दा समाधान गर्नुपर्नेमा सरकारले ती मुद्दाहरुको उपेक्षा गरेको रिपोर्टमा उल्लेख छ।