मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक अनियमितताको आरोपमा महासेनानी अधिकारी पक्राउ

आर्थिक अनियमितताको आरोपमा महासेनानी अधिकारी पक्राउ

नेपाली सेनाको सैनिक आवसीय महाविद्यालयमा प्रमुख हुँदा रासनमा अनियमितता गरेको आरोपमा एक महासेनानी प्रक्राउ परेका छन्।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- नेपाली सेनाको सैनिक आवसीय महाविद्यालयमा प्रमुख हुँदा रासनमा अनियमितता गरेको आरोपमा एक महासेनानी प्रक्राउ परेका छन्।

रासनमा अनियमितता गरेको पाइएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा महासेनानी भुपालमान अधिकारीलाई सैनिक प्रहरीले एक साताअघि नियन्त्रणमा लिएको सैनिक स्रोतले जनाएको छ।

‘रासनमा अनियमितता गरेको खुलेपछि उहाँलाई छानबिनका लागि नियन्त्रणमा लिइएको हो’ सैनिक स्रोतले भन्यो, ‘हाल अधिकारीलाई सैनिक मुख्यालयभित्रै रहेको १५ बाहिनीअन्र्तगतको (गणेश दल) मा राखिएको छ।’

सेनाले अधिकारीको विषयमा छानबिन गर्न सहायकरथी प्रदीपजंग केसीको नेतृत्वमा ‘कोर्ट अफ इनक्वाईरी’ समेत गठन गरेको छ।

स्रोतका अनुसार अधिकारीले रासनबाट आम्दानी भन्दै प्राइभेट फण्डमा प्रति महिना १ देखि २ लाखसम्म मात्र देखाएका थिए। त्यसपछि उक्त विद्यालयको प्रमुख रहेका प्रमुख सेनानी देव क्षेत्रीले प्रति महिना ७ देखि ७ लाख ५० हजारसम्म आम्दानी देखाएको स्रोतको दाबी छ।

हाल उक्त विद्यालयको प्रमुख सम्र्पक व्यक्ति रहेका प्रमुख सेनानी अनुप शाहले मासिक १५ लाख आम्दानी देखाएपछि सैनिक मुख्यालयले यसअघि रासनमा अनियमितता भएको निष्कर्श निकाल्दै अनुसन्धान सुरु गरेको हो।

स्रोतका अनुसार अधिकारीले रासन बाहिर बेचेको र ठेकेदारले उनको व्यक्तिगत खातामा पैसासमेत जम्मा गरेको प्रमाण भेटिएको छ। सेनाले महाविद्यालयमा नै कार्यरत कोर्ट मास्टरलाई समेत पक्राउ गरेर बयान लिएको थियो।

उनले अधिकारीको निर्देशनमै आफूले काम गरेको बयान दिएका छन्।

यस्तै हाल वार कलेजमा कार्यरत प्रमुख सेनानी देव क्षेत्रीलाई पनि सैनिक प्रहरीले हिरासतमा लिएको छ। उनीमाथि समेत रासनमा अनियमितताको बारेमा अनुसन्धान भैरहेको छ।

यस्तै प्राविधिक उपरथीहरु सुधीर श्रेष्ठ र अजितवरसिंह थापामाथि समेत अनुसन्धान सुरु भएको सैनिक स्रोतले दाबी गरेको छ।

दुवै जनामाथि सामान खरिदमा अनियमितता गरेको आरोप छ। श्रेष्ठले केही समयअघि मात्रै राजिदनामा दिएका छन्। श्रेष्ठ सेनाको हवाई महानिर्देशनालयको प्रमुख थिए भने थापा सैनिक सामग्री उत्पादन महानिर्देशनालयको प्रमुख छन् ।

सेनाको कार्यरथी विभागले आन्तरिक अनुसन्धान सुरु गरिसकेको सैनिक स्रोतले जानकारी दियो।

प्रकाशित: Jan 15, 2020| 14:12 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।