आइतबार, माघ ११, २०८२

'विप्लव'का कारण असुरक्षा बढ्यो

सल्यान, दाङ र बर्दियाका सुरक्षा समितिहरुले नेत्रविक्रम चन्द ‘विप्लव’का कारण गाउँमा असुरक्षा बढेको निष्कर्ष निकालेका छन्।
 |  बुधबार, माघ १, २०७६

देव राना

देव राना

बुधबार, माघ १, २०७६

National life
Laxmi sunrise bank
kumari

सुर्खेत - सल्यान, दाङ र बर्दियाका सुरक्षा समितिहरुले नेत्रविक्रम चन्द ‘विप्लव’का कारण गाउँमा असुरक्षा बढेको निष्कर्ष निकालेका छन्।

सल्यानको कपुरकोटमा भएको अन्तरजिल्ला सुरक्षा समितिको बैठकले विप्लवका कारण अुसरक्षा बढेको भन्दै समन्वय गरेर जिल्लाको शान्ति सुरक्षामा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लाको शान्तिसुरक्षालाई प्रभावकारी बनाउन समितिले एक अर्को जिल्ला बीच कसरी समन्वय र सूचना आदानप्रदान गर्ने, लागु औषध नियन्त्रण, अबैध हातहतियार बरामद तथा प्रतिबन्धित विप्लव समूहका गतिविधि नियन्त्रणका बारेमा विशेष सुरक्षा रणनीति अपनाउनु पर्ने निष्कर्ष निकालेको छ।

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल लगायत तीनवटै जिल्लाका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता थियो। चारवटै सुरक्षा अंगका प्रमुखले आ-आफ्नो जिल्लाको शान्तिसुरक्षाको अवस्थाको बारेमा ब्रिफिङ गरेका थिए। एक अर्काे जिल्ला बीच आवश्यक समन्वय गरेर कुनै पनि अबैध र कानुन विपरितका गतिविधिहरु सञ्चालन गर्न नदिने र नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाउने निर्णय समितिले गरेको छ।

प्रकाशित: Jan 15, 2020| 14:03 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।