मंगलबार, भदौ २, २०८३

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १५ घाइते

 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं– बर्दियाको ठाकुरद्धारामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा गेरुवा गाउँपालिका–५ पहाडीपुरका १३ वर्षीय रुबेन चौधरी रहेको प्रहरीले जनाएको छ।

ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्किने क्रममा भे १ त ७२०० नम्बरको ट्याक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै पल्टिएको थियो। दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका लागि गुलरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगञ्ज लगिएको र अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा पचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 15, 2020| 13:18 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।