शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • यस्तो देखियो टुँडिखेलमा माघे संक्रान्तिको रौनक (तस्बिरसहित)

यस्तो देखियो टुँडिखेलमा माघे संक्रान्तिको रौनक (तस्बिरसहित)

थारु र मगर समुदायका मानिसले काठमाडौंको टुँडिखेलमा धुमधामकासाथ माघे तथा मकर संक्रान्ति पर्व मनाएका छन्।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं -  काठमाडौंमा रहेका थारु र मगर समुदायले टुँडिखेलमा धुमधामकासाथ माघे तथा मकर संक्रान्ति पर्व मनाएका छन्। 

National life

माघे संक्रान्तिलाई मुख्य पर्वका रुपमा मनाउने यी दुबै समुदायले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै माघी पर्व मनाएका हुन्। 

आजका दिन थारु समुदायले नयाँ वर्षका रुपमा स्नान, दान, एवं खानपिन र रमाइलो गरेर धुमधामका साथ माघी पर्व मनाउँछन्। माघ १ गते बिहानै जलाशयमा गई स्नान गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा छ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन्। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन्। यस्तै थारु समुदायमा गाउँका मुखिया (भलमन्सा) पनि आजै छनोट गर्ने चलन छ।

यस्तै मगर समुदायले पनि विशेष चाडका रुपमा माघे संक्रान्तिलाई लिने गर्छन्। मगर समुदायमा माघे संक्रान्ति साताभरि मनाउने चलन रहेकोमा पछिल्लो समय यसमा केही कमी आएको छ।

Shivam cement

पर्वका अवसरमा मगर समुदायका मानिसले धनुषवाण खेल्ने, छेलो हान्ने, तरुल, भ्याकुर र माछामासु खाने, मासको दाल भात र नून एकै ठाउँमा पकाई खिचडी बनाउने र त्यही खिचडीको पिण्ड पितृलाई दान गर्ने गर्छन्। यस्तै छोरी, चेलीबेटी र इष्टमित्रहरूलाई बोलाउने र मीठोमसिनो खुवाउने परम्परा पनि मगर समुदायमा छ।

तस्बिरमा हेर्नुस् थारु र मगर समुदायको माघे संक्रान्ति। सबै तस्बिर : दिनेश/नेपाल समय

प्रकाशित: Jan 15, 2020| 15:13 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।