मंगलबार, चैत १०, २०८२

बार्सिलोनाले १७ वर्षपछि हटायो बीच सिजनमा प्रशिक्षक

स्पेनिस फुटबल लिगको साविक विजेता बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेको छ । भालभर्डेका ठाउँमा उसले नयाँ प्रशिक्षक क्वीक सेटिएनलाई प्रशिक्षक बनाएको छ ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

एजेन्सी– स्पेनिस फुटबल लिगको साविक विजेता बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेको छ । भालभर्डेका ठाउँमा उसले नयाँ प्रशिक्षक क्वीक सेटिएनलाई प्रशिक्षक बनाएको छ ।

National life

बार्सिलोनाले हालैमात्र यसको जानकारी दिएको छ । ला लिगामा अहिले पनि शीर्ष स्थानमा रहेको बार्सिलोनाले पछिल्ला पाँच खेलमध्ये एकमा मात्र जित निकालेको छ ।

प्रशिक्षक भालभर्डेलाई बार्सिलोनाले १७ सालपछि आधा सिजनबाटै पदबाट बर्खास्त गरेको हो। क्लबले १७ वर्ष पहिला पनि कोचलाई पदबाट बर्खास्त गरेको थियो । सन् २००३ मा लुइस वान जाललाई हटाइएको थियो ।

बार्सिलोनाले भनेको छ, ‘बार्सिलोना र भालभर्डेले आपसी सहमतिमै सम्झौता समाप्त गरेका छन् । नयाँ प्रशिक्षक सेटिएन र क्बबीच ३० जुन २०२२ सम्मको सम्झौता भएको छ । स्पेनीस फुटबलमा सेटिएन अनुभवी कोच हुन्।’

सेटिएनको कोचमा पहिलो खेल ग्रेनाडासँग छ। ६१ वर्षे सेटिएनको प्रशिक्षणमा पहिलो खेल आइतबार ग्रेनाडासँग हुन लागेको हो । घरेलु मैदान क्याम्प नाउमा हुने पहिलो खेलमा उनले प्रशिक्षण गरेका खेलाडी मैदानमा उत्रनेछन् । त्यस्तै च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले अर्को महिना नेपोलीका विरुद्धमा खेल्नेछ ।

Laxmi sunrise bank
kumari

नयाँ प्रशिक्षकका साथ बार्सिलोना आउँदो मार्चमा ‘एल क्लासिकोका लागि तयार हुनेछ । सेटिएनको प्रशिक्षणमा पछिल्लो सिजनमा रियल ब्याटिस ला लिगाको छैटौं स्थानमा थियो ।

पछिल्लो दुई सिजनमा बार्सिलोनाले खराब प्रदर्शन गर्दै आइरहेको छ । यो सिजनको आधा खेल सकिँदासम्म लिगको शीर्ष स्थानमा रहेको क्लबको मात्र ४० अंक थियो । यो अंक विगत १३ वर्षयताकै नराम्रो मानिएको छ । उनको कोचिङमा बार्सिलोनाले गत साल रोमाविरुद्ध नराम्रो हार व्यहोरेको थियो । त्यसपछि सन् २०१९ मा पनि लिभरपुल विरुद्धको खेलमा बार्सिलोनाले सेमी फाइनलमा हारको नतिजा स्वीकार गर्नु परेको थियो ।

यो सिजन पनि सुपर कपमा निरासा हात लागेको छ । बार्सिलोनाले अघिल्लो सेमीफाइनल खेल हारेको छ । उसले जारी लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग ३–२ गोलले हारको सामना गरेको थियो ।

उनको समयमा बार्सिलोनाले हार मात्र व्यहोरेको चाहिँ होइन । भालभर्डेको कोचमा बार्सिलानाले दुई ला लिगा र एक कोपा डेल रे जितेको छ ।

प्रकाशित: Jan 15, 2020| 12:27 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।