बिहीबार, वैशाख ३१, २०८३

फाँसीअघि परिवारसँग अन्तिम भेट

उनीहरु जेलमा रहँदा कमाएको रुपैयाँसमेत फाँसीअघि परिवारलाई दिइने छ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

नयाँ दिल्ली- निर्भया बलात्कार–हत्याकाे मुद्दामा फाँसीको सजाय सुनाइएका चार दोषी अन्तिम पटक परिवारलाई भेट्दै छन्। तिहाड जेलमा २२ जनवरी बिहान सवा ७ बजे फाँसीको सजाय सुनाइएका मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्ताले अन्तिम पटक परिवारसँग भेट गर्न लागेका हुन्।

National life

जेल अधिकारीले उनीहरुसँग कहिले परिवारसँग भेट्न चाहन्छौ? भनेर सोधेका थिए। उनीहरुले आफ्ना परिवारसँग २० तारिखअघि नै भेट्नु पर्ने हुन्छ। किनकी फाँसीको सजाय दिइनु अघिका दुई दिन उनीहरुले कसैसँग भेट गर्न पाउँदैनन्।

यस्तै उनीहरु जेलमा रहँदा कमाएको रुपैयाँसमेत फाँसीअघि परिवारलाई दिइने छ। अक्षय सिंहले जेलमा रहँदा काम गरेर ६९ हजार भारतीय रुपैयाँ कमाएका छन्। यस्तै विनय शर्माले ३९ हजार र पवन गुप्ताले २९ हजार कमाएका छन्। मुकेश कुमारले भने काम गरेका थिएनन्।

केही दिनअघि विनय र मुकेशले सुप्रिम कोर्टमा दर्ता गराएको क्यूरिटिव पिटिशन पनि खारेज भएको छ। पिटिशन खारेज भएपछि विनयका बुबा उनलाई भेट्न आएका थिए। उक्त समय विनय आफ्ना बुबाका अघि भक्कानो छोडेर रोएकाे जेल प्रशासनले जनाएको छ।

सन् २०१२ मा दिल्लीमा भएको सामूहिक बलात्कारमा उनीहरुलाई दोषी ठहर गर्दै अदालतले चारै जनालाई मृत्युदण्डको सजाए सुनाएको हो।

प्रकाशित: Jan 15, 2020| 13:29 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।