मंगलबार, चैत १०, २०८२

मनमोहन मेमोरियल स्मृति कपः प्रदेश ३ लाई २१७ रनको लक्ष्य

 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं। इनरुवामा मनमोहन मेमोरियल स्मृती कपको सेमीफाइन खेल चलिरहेको छ । आज (बुधबार) बाट सुरु भएको पहिलो सेमीफाइनलको पहिलो हाफ सकिँदा त्रिभुवन आर्मी क्बले ४६ दशमलव ३ ओभरमा पूरै विकेट गुमाएर २१६ रन बनायो । टस जितेर ब्याटिङ रोज्दै सुरु भएको खेलमा आर्मीले प्रदेश ३ समक्ष २१७ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

National life

आर्मीका लागि सर्वाधिक रन अनिल मण्डलले बनाएका छन् । उनले ७४ बलमा ३ चौकासँगै ४३ रन बनाए । मण्डललाई तिलक राज भण्डारीले आउट गराएका थिए ।

ओपनर हरिकृष्ण झाले २५ बलमा २४ को स्ट्राइका रेट बनाउँदै ६ रन जोडे । उनलाई बाहिर पठाउन गौतम केसीले फालेको बल आदिल खानले क्याच गरे । झा बाहिरिएपछि मैदान प्रवेश गरेका हरिबहादुर चौहानले ९ बल खेलेर एक रनभन्दा धेरै जोड्नै सकेनन् । पूरा दुई ओभर पनि मैदान नटिकेका चौहानलाई पनि गौतम केसीले आउट गराएका थिए ।

त्यस्तै ३७ बल खेलेर २९ रन बनाएका रोहित पौडेलले ४ चौका प्रहार गरे । खेलको लयमा जमिसकेका पौडेललाई नन्दन यादवले मैदानबाहिर पठाएका थिए । यादवको बल रामनरेश गिरीले क्याच गरेपछि पौडेल आउट भए ।

राजेश पुलामी १५ ओभरमा १७ रन निकाल्दै बाहिरिए । उनले ४ चौका पैहा गरेका थिए । त्यस्तै विनोद भण्डारीले २० बलमा ६ रन प्रहार गरे । २६ बलमा ३७ रन बनाउँदै आक्रामक सुरुवात गरेका कुशल मल्लले ४ चौका र २ छक्का प्रहार गरे ।

Laxmi sunrise bank
kumari

त्यस्तै विक्रम शोव, शुसन भारीले क्रमशः २४ र १३ रन बनाएका छन् । विक्रमले ३३ बलमा ३ चौका प्रहार गरे भने शुसनले १४ बलमा एक चौका प्रहार गरे । शाहब आलम एक बलमा एक रन ल्याएर अविजित रहे ।

उनलाई आउट गराउन इसान पाण्डेले आफ्नै बल क्याच गरेका थिए । प्रदेश ३ का तर्फबाट गौतम केसी, तिलक भण्डारी, नन्दन यालव र इसान पाण्डेले समान २२ विकेट लिए ।

प्रकाशित: Jan 15, 2020| 14:05 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।