काठमाडौं - कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच आरटिजिएस सम्झौता भएको छ। गत पुस २८ गते यी दुई बीच सम्झौता भएको हो।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले आइपीएस/कनेक्ट आइपीएस सुविधाअन्तर्गत आरटिजिएस सुविधा प्राप्त गर्न सक्ने छन्। जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउने बैंकले विश्वास लिएको छ। यसअघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आरटिजिएस सम्झौता गरिसकेको छ।