काठमाडौं- गत नाभेम्बरको एक रात कोट्र्नी पाट्रेज मेक्लानन आफ्नो परिवारका सदस्यसँग ‘शुभरात्री’ भन्दै आफ्नो कोठामा सुत्न गइन्।
१९ वर्षीया किशोरीलाई सुत्न गएको केही समयपछि श्वासप्रश्वासमा समस्या भएको छ।
उनी अबेरसम्म नउठेपछि बाबुआमाले कोठामा हेर्ने पुगे। कोट्र्नीको मृत्यु भइसकेको थियो।
साउथ वेल्सको ग्लिन इनेसकी कोट्र्नीको परिवारले उनको मृत्यु त्यहाँ जारी डढेलोको धुँवाका कारण भएको दाबी गरेका छन्।
साउथ वेल्सको उक्त क्षेत्र डढेलोबाट सबैभन्दा धेरै प्रभावित क्षेत्र हो। केही समयदेखि त्यस क्षेत्रमा डढेलोको धुवाँले आकाश ढाकिएको छ भने मानिसलाई श्वासप्रश्वासमा समेत समस्या देखिन थालेको छ।
‘उनले मोबाइलको टर्च अन गरेकी थिइन्, उनले केही खोज्ने प्रयास गरेकी हुनुपर्छ, कोट्र्नीको दिदी चेरीलेइले भनिन्, ‘उनले प्रयोग गर्दै आएको औषधि इन्हालर (भेन्टोलिन) उनको विस्तारामा थियो।’
कोट्र्नी बाल्यकालदेखि नै दमको विरामी थिईन्। उनले त्यो औषधि सँगै प्रयोग भने गर्ने गरेकी थिइनन्। केही समययता त्यहाँ डढेलोले वातारण प्रदुषित भएपछि उनले पुनः औषधि प्रयोग गर्न थालेकी थिईन्।
उनकी दिदीका अनुसार कोट्र्नी बेडमा जानुअघि उनमा कुनै पनि रोगको संकेत देखिएको थिएन।
कोट्र्नीको मृत्युपछि गरिएको चेकजाँचले उनमा के समस्या थियो भन्ने पत्ता लाग्न सकेन। तर परिवारका सदस्यहरुले भने उनको प्रदुषणकै कारण श्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको दाबी छ।
चिकित्सकहरुका अनुसार त्यहाँको डढेलोलो निम्त्याएको प्रदुषणका कारण श्वासप्रश्वासलगायत दमका रोगीहरु सबैभन्दा धेरै प्रभावित भएका छन्। बीबीसी