प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनताका कम्युनिस्टको सरकार आयो भने हाँस्न त के रुन पनि पाइँदैन भनेर खुब प्रचार गरिएपनि वास्तविकता त्यस्तो नभएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पूर्ण ध्यान संगठन निर्माणमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन्।
सरकारले ‘विशिष्ट व्यक्ति’ लाई दिएका विभिन्न दर्जाका १९२ विभूषण र संविधानसभा सदस्यलाई प्रदान गरिएका २४६ पदक सम्बन्धित व्यक्तिले नबुझ्दा गृह मन्त्रालयमै थन्किएका छन्।
सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट आज नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज पठाउँदै छ। कोरोना भाइरसको प्रकोप रहेको चीनको बुहानबाट शनिबार १८५ जना नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको...
नेपाल बैंक लिमिटेड हेटौंडाका शाखा प्रमुखलाई खुकुरीले काट्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा-४ चिल्ड्रेन पार्कका ४४ वर्षीय गजेन्द्रराज गिरी हुन्।
सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका-३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। शुक्रबार नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि सम्बोधन स्थगित भएको थियो।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले थाइल्यान्डमा हुने एसिसी पूर्वी क्षेत्रीय पुरुष टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। क्यानले आगामी फागुन १५ देखि २३ गतेसम्म हुने उक्त...
शनिबार काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकले आज ओली सरकारले पूरा गरेको दुई वर्षको समीक्षा सम्बन्धी समाचारलाई विशेष स्थान दिएका छन् भने कोरोनाका विषयलाई पनि प्राथमिकतामा पारेका छन्।