बुधबार, कात्तिक १९, २०८२

ए डिभिजन लिग : उपाधि भिडन्तमा ‘ब्याचमेट’

भोलि सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल हुँदैछ। लिगको अन्तिम चरणका ६ खेल भईसक्दासम्म पनि लिग विजेताको टुंगो लागेको छैन।
 |  शुक्रबार, फागुन २, २०७६

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, फागुन २, २०७६

काठमाडौं- भोलि ‍शनिबार सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल हुँदैछ। लिगको अन्तिम चरणका ६ खेल भइसक्दासम्म पनि लिग विजेताको टुंगो लागेको छैन। त्यही विजेतोका टुंगो भोलि हुने अन्तिम खेलले लगाउने छ।

Kumaribank

शनिबार दशरथ रंगशालामा धेरै दिनपछि दर्शकले खेल हेर्न पाउँदैछन्, त्यो पनि लिगकै महत्वपूर्ण मानिएको खेल। सामान्यतः फाइनलको छुट्टै खेल नहुने लिग परम्परामा यो खेल फाइनलजस्तै बनेको छ।

खेल जसले जित्यो, उपाधि उसको। यही बारेमा ठट्यौली विवाद गरिरहेका थिए आज शुक्रबार भिड्दै गरेका क्लबका कप्तान विराज महर्जन र भरत खवास। आज एन्फाको एक कार्यक्रममा उनीहरु लिगको कपलाई संकेत गर्दै यो हामी जित्छौँ भन्ने दाबेदारी प्रस्तुत गरिरहेका थिए।

विराजले गत साल मनाङबाट लिग जितेका थिए। उनी यसैसाल मात्र मनाङबाट ठूलो टोलीका साथ मछिन्द्र क्लब प्रवेश गरेका हुन्।

भरत केही समययता आर्मीबाटै खेलिरहेका छन्। मछिन्द्रले आजसम्म ए डिभिजन लिग जितेको छैन।

Metro Mart

उता, आर्मी पनि लिगमा उपाधिबिहीन छ। त्यसैले यो सिजन जसले खेल जिते पनि उसले नेपाली फुटबलमा नयाँ कीर्तिमान राख्ने छ।

साथै, लिगको १६औँ विजेता पनि हुने छ। यसअघिका सबै सिजन गरेर १५ क्लबले उपाधि जितिसकेका छन्। विक्रम संवत् २०११ बाट सुरु भएको लिगमा ४२ वटा उपाधि विभिन्न १५ क्लबले जितेका हुन्।

जारी सिजनमा जुन क्लबले जित्छ, त्यो लिगको ४३ औँ पटकको लिग विजेता ठहरिन्छ भने लिग जित्ने १६ औँ क्लब हुने छ। लिगको उपाधि भिडन्तमा राम्रो संयोग मिलेको छ।

त्यो संयोग हो, दुवै टिमको कप्तान र प्रशिक्षक ‘ब्याचमेट’ हुनु। आर्मीका कप्तान भरत खवास विराज महर्जनका जिग्री दोस्त हुन्।

उनीहरुले राष्ट्रिय टोलीबाट सँगै प्रतिस्पर्धा गरेका छन्। एन्फाको प्रशिक्षणमा रहँदा उनीहरु एकै रुममा बस्ने गर्दथे।

एन्फा एकेडेमीमा रहँदा सँगै खेलेका उनीहरुले राष्ट्रिय टिमबाट पनि सँगै खेलेका थिए। उनीहरुको सम्बन्ध यतिले मात्र सकिँदैन, राष्ट्रिय टिमबाट खेल्दा रुम पार्टनर पनि हुन् विराज र भरत।

उनीहरुले १० वर्षदेखि एकै कोठा प्रयोग गर्ने गरेका छन्। त्यसैले पनि अबको खेलमा उनीहरुले एक आपसविरुद्ध कस्तो प्रदर्शन गर्लान् भन्ने सबैको चासोको विषय बनेको छ।

त्यस्तै, प्रशिक्षकका रुपमा रहेका प्रवेश कटुवाल र नविन न्यौपाने पनि पहिलेका साथी हुन्। एक समयका खुवै मिल्ने साथी भोलिको खेलमा प्रतिद्वन्द्वी भएर आउने छन्।

पहिले कटुवाल र न्यौपानेले मनाङबाट सँगै खेलेका थिए। तर, यी दुई अहिले प्रशिक्षकका रुपमा एकअर्काको विरुद्ध खेलिरहेका छन्।

उनीहरुले लिग खेल्दा मिल्ने साथीसमेत थिए। न्यौपानेले स‌‌‌न्यास लिएपछि प्रशिक्षकका रुपमा सफल भएको उदाहरण पेस गरिसकेका पनि पनि छन्।

यता, नविन मनाङबाटै क्लबको प्रशिक्षक भए। समय वित्तै जाँदा उनी आर्मीलाई सम्हाल्न पुगे। त्यही आर्मी क्लबबाट उनी भोलिको खेलमा मछिन्द्रलाई हराउने दाउमा छन्।

त्यसैले ब्याचमेटको रणनीति बुझेका क्लबका प्रशिक्षक र कप्तानले खेललाई कसरी अघि बढाउलान त ? त्यसका लागि भोलिको खेल हेनुपर्ने हुन्छ।

प्रकाशित: Feb 14, 2020| 20:42 शुक्रबार, फागुन २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।