सोमबार, चैत ९, २०८२

‘ए’ डिभिजनको अन्तिम खेलमा विमलको पुनरागमन

एन्फाबाट ९० दिनको निलम्बनमा परेका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलबाट पुनरागमन गरेका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

काठमाडौं– एन्फाबाट ९० दिनको निलम्बनमा परेका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलबाट पुनरागमन गरेका छन्।

National life

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीचको अन्तिम खेलमा विमल मछिन्द्रको टोलीमा परेका हुन्।

विश्वकप र एसिया कपको छनोटको कुवेतसँग होम गेमको अघिल्लो दिन नाइट क्लबमा भेटिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विमलसहित चार खेलाडीलाई एन्फाले कारबाही गरेको थियो।

विमल र दिनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिनका लागि निलम्बन गरिएको थियो। निलम्बनसहित चारै जना खेलाडीलाई एन्फाको अनुशासन समितिले ५० हजारको जरिवाना पनि गरेको थियो।

सन्तोष र अन्जन यसअघि नै लिगमा खेलिरहेका छन् भने विमल आजको खेलबाट प्लेइङ सेटमा देखिएका छन्।

Laxmi sunrise bank
kumari

विमल ११ दिनदेखि ट्रेनिङ गरिरहेका थिए। मछिन्द्रबाट लिग खेलिरहेका अर्का फरवार्ड अभिशेक रिजाल मछिन्द्रबाट माल्दिभ्सको ‘बी’ डिभिजन खेल्ने क्लबमा गएका थिए।

उनी माल्दिभ्स गएपछि टिममा घाटा लागेको क्लबका प्रशिक्षक प्रवेश कटुवालले बताएका थिए। तर, विमल आएपछि क्लबको सो घाटामा पूर्ती भएको विश्वास गरिएको छ।

लिगको अन्तिम खेलले नै विजेताको टुंगो लगाउनेछ। त्रिभुवन आर्मीलाई उपाधि जित्न बराबरी पर्याप्त छ भने मछिन्द्रलाई खेल जित्न आवश्यक छ।

लिगको अंकतालिकामा त्रिभुवन आर्मीको २९ अंक छ भने मछिन्द्रको २८ अंक छ।

प्रकाशित: Feb 15, 2020| 13:37 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।